२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२० जेठ, काठमाडौं । साताको दोस्रो काारेबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा बन्द भएको छ ।

यस दिन राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६० करोड १५ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख २४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४० करोड ३० लाख ४ हजार रुपैयाँ, ओम मेगाश्री फर्मास्युटिकल्सको २८ करोड ३३ लाख ९५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको २० करोड ७७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १५:२४