सूचना टाँसेर २ बजेसम्मलाई सारियो प्रतिनिधिसभा बैठक
२० जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सारिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो दुई बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १३:१०









