१९ फाल्गुन २०८२, मंगलवार | Wed Mar 4 2026

संसद बैठकअघि सभामुख घिमिरेले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल

२० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गर्नुभएको छ । सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ।

साथै, घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलासँग पनि छलफल गर्नुभएको छ ।प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर सदन अवराेध गरिरहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १२:२३