३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

कान्तिलोकपथ ४ दिन बन्द हुने, प्रयोग गर्न सकिन्छ यी वैकल्पिक मार्ग

२० जेठ, बागमती । कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार ११:३३