३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

प्रेस काउन्सिलको सदस्यमा ६ जना नियुक्त

१९ जेठ, काठमाडौँ । प्रेस काउन्सिल नेपालको सदस्यमा ६ जना नियुक्त भएका । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रीस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा नेपाली कांग्रेसबाट तीन जना र नेकपा (एमाले)बाट तीन जना गरी ६ जना सदस्य नियुक्त गर्नुभएको हो ।

सोमबार प्रेस काउन्सिलको सदस्यमा एमालेको कोटामा शन्तराम बिडारी, भीमलाल श्रेष्ठ र नीमा काफ्ले नियुक्त हुनुभएको छ । यस्तै नेपाली कांग्रेसको कोटामा पदमराज जोशी, बालकृष्ण अधिकारी र नकुल अर्याल नियुक्त हुनुभएको छ ।

गठबन्धनको सरकार भएका कारण प्रायः नियुक्तिहरूमा कांग्रेस र एमालेले भागवण्डा गर्दै आएका छन । केही सातादेखि रिक्त रहेको सदस्यमा नियुक्त भएसँगै काउन्सिलले पूर्णता पाएको छ ।

dainiki.com

यसअघि मन्त्री गुरूङले नै एमालेको कोटामा केशवशरण लामिछाने र कांग्रेसको कोटामा विजयराज अधिकारीलाई सदस्य नियुक्त गर्नुभएको थियो । काउन्सिलको सदस्यमा पत्रकार महासंघको पदेन सदस्यको रूपमा निर्मला शर्मा हुनुहुन्छ भने यसअघि नै नियुक्त हुनुभएको रामप्रसाद दाहाल पनि रहनुभएको छ । उहाँ अहिले नेपाल पत्रकार महासंघको महासचिव पनि हुनुहुन्छ । उहाँ २०७९ भदाै १९ गते सदस्यमा नियुक्ति हुनुभएको थियो । कान्सिलका सदस्य र अध्यक्षको पदावधि चार वर्षको हुन्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १७:५०