९ असार २०८२, सोमबार | Mon Jun 23 2025

गुठी साउथ अष्ट्रेलियाको साधारण सभा, अध्यक्षमा गौरव राजकर्णिकार

एडिलेड । गुठी साउथ अष्ट्रेलियाको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा गौरव राजकर्णिकार चयन भएका छन् ।

यसै गरी उपाध्यक्षमा सजन मानन्धर, सचिव सजिन प्रधानांग र कोषाध्यक्षमा पुष्कर डंगोल रहेका छन् । भने कार्य समिति सदस्यमा निरोज महर्जन,  कृष्ण अवाले, जेनिश मानन्धर सुवेक्षा श्रेष्ठ, सनम महर्जन, बिनय प्रधान, निराकर श्रेष्ठ, रदिप प्रजापति, पुष्प महर्जन, अनुप के. श्रेष्ठ, कबिन्द्र श्रेष्ठ, राज श्रेष्ठ र रोशन बज्राचार्य छन् । जसमा महर्जनलाई नेवारी संगीत प्रशिक्षकको जिम्मेवारी समेत प्रदान गरिएको छ ।

साधारण सभाले संस्थाको सल्लाहकार मण्डलमा मंगल मान बज्राचार्य, पन्न काजी महर्जन, सूर्य मान श्रेष्ठ र अरविन्द्र प्रधानलाई चयन गरेको छ ।

गुठी साउथ अष्ट्रेलिया सन् २०१५ मा स्थापित भई नेवारी सांस्कृतिक सम्पदा, परम्परा, खाना, संगीत, कला, नृत्य र भाषाको संरक्षण र प्रवर्द्धन निरन्तर रुपमा क्रियाशिल रहेको छ । बहुसांस्कृतिक अष्ट्रेलियाली समुदाय भित्र नेवारी संस्कृतिको संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले विभिन्न नेवारी सांस्कृतिक कार्यक्रम र चाडपर्वहरू संचालन गर्दै आएको नव निर्वाचित सचिव सजिन प्रधानांगले बताए । उनले दैनिकी संग कुरा गर्दै नेवारी परम्परा र संस्कृतिलाई विश्वभर प्रदर्शन गर्न चाहेको बताउदै अर्को पुस्तालाई पनि हस्तान्तरण गर्ने समेत उद्देश्य रहेको बताए ।

गुठी साउथ अष्ट्रेलियाले नेपालको महत्वपुर्ण सांस्कृतिक/परम्परागत उत्सवहरू “येन्या पुन्हि: इन्द्र जात्रा”,  “ म्हा पूजा”, “योमरी पुन्हि” र “बिस्का जात्रा” गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १६:५२