१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

एनएमबि बैंक र हिल्टन काठमाडाैंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

१८ जेठ, काठमाडौं ।एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाण्डौमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

 

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू एनएमबि बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटीएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार ०९:१७