सिड्नीमा अध्यात्मिकता र संस्कृतीलाई जोड्ने प्रयास हुदै
अष्ट्रेलिया । अष्ट्रेलियाको ठुलो बसोबास रहेको शहर सिड्नीमा एक फरक सांस्कृतिक कार्यक्रमको आयोजनाहुने भएको छ । ‘संस्कृतीमा अध्यात्मिकताको पहिचान’ नाम दिइएको यसकार्यक्रम यही शनिबार सिड्नीस्थित हस्र्टभिलमा रहेको सिभिक थिएटरमाआयोजना हुने भएको हो ।
शनिबार १ः ३० देखि ३ः३० सम्म दुई घण्टासम्म कार्यक्रम आयोजना हुदैछ। कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमाजोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिनेसन्देश दिनु रहेको आयोजकले जनाएको छ । ब्रम्हकुमारी अस्ट्रेलियाकोआयोजनामा अन्य सामुदायिक संस्थाको समन्वयमा हुन लागेकोकार्यक्रममा नेपाली कलासंस्कृती झल्कने बिभिन्न सांगितिक प्रस्तुतीआयोजना गरिने भएको छ । यसैगरि कार्यक्रमको माध्यमबाट अध्यात्मिकशक्तिले मानसिक र शारीरिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावकाबारेमा समेत चर्चा गरिनेछ । कार्यक्रममा नेपाली परम्पारगत तथा बिभिन्नजातजाती तथा भेषभुषाका संस्कृतीलाई समेट्ने गरि कार्यक्रम आयोजनागरिनेछ ।
सांंस्कतिक कार्यक्रमको संयोजन गरिरहेका शिशिर बिक्रम थापाकार्यक्रममा मेडिटेसन, रुपक नाटिका, गीतसंगीत र नृत्यको तयारीभइरहेको जानकारी दिए । यसैगरि सिड्नीस्थित नेपाली ब्याण्ड आरम्भलेसमेत आफ्नो प्रस्तुती दिने भएको छ । कार्यक्रमको माध्यमबाटसांस्कृतिक सहभागिता र एकआपसको कलासंस्कृतीलाई प्रबद्धर्न गर्नमद्दत पुग्ने जनाइएको छ । संस्कृती र अध्यात्मिकता एकआपसमाजोडिएका र यि दुईको संयोजनले समग्र स्वास्थ्यमा सकारात्मक असरपुग्ने आयोजनकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रममा न्यु साउथ वेल्सका अवैतनिकवाणिज्यदुत संजीव शर्मा, एनआरएनए ओसिनिया संयोजक दिनेशपोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्षहरु नन्द गुरुङ, विष्णु हमाल, बिभिन्न समुदायका अगुवाका साथैबिभिन्न राज्यका प्रतिनिधिले समेत सहभागिता जनाउने छन् ।
प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार १७:५२