कर्मचारीको महँगी भत्ता ५ हजार पुग्यो
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलब वृद्धि गरेको छैन । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता भने बढाएको छ ।
स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो । तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्याएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:१५









