२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउने, रणनीतिक साझेदार भित्र्याउने

१५ जेठ, काठमाडौँ। सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ ।

कम्पनीको संस्थागत सवलीकरणका लागि रणनीति साझेझार भित्र्याउने घोषणा पनि बजेटबाट गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १७:०८