१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय १५१७ डलर

१५ जेठ, काठमाडाैं । चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिनिधिसभाको आजको बैठक पेस गर्दै यस्ताे जानकारी गराउनुभएकाे हाे।

साथै,चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १४:४०