बरुण हाइड्रोपावरको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले हकप्रद किन्न पाउछन् ?
१४ जेठ, काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसकाे अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयर खरिद गर्न पाउने छन । कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ११:१०













