बुद्ध बुद्धत्वको खोजीमा निस्किए, लेखक बुद्धको खोजीमा
१२ जेठ, काठमाडौँ । बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास अर्हत्को परिसंवादमा वक्ताहरूले बुद्ध बुद्धत्वको खोजीमा निस्किँझै लेखक बुद्धको खोजीमा निस्किएको बताएका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित उपन्यास अर्हत अद्योपत पढ्नै पर्ने किताब रहेको उल्लेख गरे।
त्यस्तै पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा तनाव पाएको र त्यसको बाबजुद उनले अर्हत् प्राप्त गरेको बताए। बुद्ध के हो ? बुद्ध कसरी चिन्नुपर्छ भन्ने कुरा पुस्तकले देखाएको जिकिर गरे। उनले भने, ‘ काँडाको बाटोमा फूल कसरी फुल्छ ? थाहा पाउन यो पुस्तक पढ्नैपर्छ।

अन्य वक्ताहरू लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए। उनले थपे, ‘यो किताब बुद्धको आत्मकथा हो ।’ करिब एक दर्जनवक्ताहरूले पुस्तकमाथि आफ्नो पाठकिय धारणा व्यक्त गरेका थिए। पुस्तक समीक्षक अनिता कोइराला साधारण मान्छेको रुपमा बुद्धलाई प्रस्तुत गरेको र पुस्तकले जीवन जिउने कला सिकाउने बताइन्।
पुस्तक गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो। यसखअगाडि अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह प्रकाशित छन्
प्रकाशित मिति : May 26, 2025 at 7:57 pm









