ओएनएफ साउथ अष्ट्रेलियाको नयाँ नेतृत्व, अध्यक्षमा चन्द्र कुवर
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलिया राज्य कमिटीको अध्यक्षमा चन्द्र कुवर निर्वाचित भएका छन्।
अधिवेशनले कुवरको अध्यक्षतामा सर्वसम्मतिले २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसको उपाध्यक्ष निलम महत, सचिब बिकास चापागाई, सह- सचीब धीर जंग खड्का, आर्थिक विभाग प्रमुख भोला राम सुवेदी चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मञ्चले विश्व भरिका रहेका जहा नेपाली भए पनि त्यस ठाउमा संगठन निर्माण गरेर समृद्ध नेपाल निर्माणको अभियानमा जोड्ने बताए ।
साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका बाणिज्यदुत दिपक धमलाले प्रवासमा बसेर देशमा भएका गलत कामको विरोध गरौ तर आफुले पनि हुन्डी जस्ता राष्ट्रलाई घाटा पुग्ने कारोवार बन्द गर्नु पर्ने बताए ।
कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी, साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, फेन्का अष्ट्रेलियाका महासचिव कपिल पाण्डे, म्यारियन काउन्सिल काउन्सिलर रेनुका लामा, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, नेपाली जनसम्पर्क समिति साउथ अष्ट्रेलिया सभापति दिलिप पोखरेल, जन प्रगतिशील मञ्च अष्ट्रेलिया सदस्य कौशल उप्रेती, प्रवासी नेपाली समाज केदार श्रेष्ठले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष युवराज पहाडीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन उपाध्यक्ष आर के शर्मा र स्वागत सन्तोष गौतमले स्वागत मन्तव्य राखेका थिए ।
बन्द सत्रको संचालनका लागि ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य सिता केशीको अध्यक्षता र सदस्यहरुमा राजु उपाध्याय, केशव जोशी, बालगोपाल उपाध्याय, हेम खनाल अध्यक्ष मण्डल गठन गरिएको थियो ।
स्थानिय एभरेष्ट फङ्सन सेन्टरको सभाहलमा आयोजित अधिवेशनमा बन्द सत्रमा प्रतिबध्दता मन्तव्य राख्दै नव निर्वाचित अध्यक्ष कुवरले ओएनएफलाई अझै सशक्त रुपमा अगाडि बढाउने बताए । नेपाली समुदायको सुख दुखको साथी संस्थाको रुपमा ओएनएफलाई अगाडि बढाउने बताए ।
प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १२:४०