३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२६ वैशाख, काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले ३१ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ लाख ८० हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट कुनै लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १०:१६