कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१६ वैशाख, काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार १३:०५