१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

सत्ता गठबन्धनमा कुनै समस्या छैनः शेरबहादुर देउवा

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिने क्रममा देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको हो ।

‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भन्नुभयो । साथै, देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १४:११