कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड
७ वैशाख, काठमाडौं । कृषि बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा १०.१७ प्रतिशतले घटेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेकामा यस वर्ष १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर एक अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिसेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:०४