१ जेष्ठ २०८२, बिहीबार | Thu May 15 2025

गुराँस लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

५ वैशाख, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षकोको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ६९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ४ करोड १४ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कमिशन आम्दानी ५ लाख ७० हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ३ लाख रुपैयाँ रहेको छ । ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर ३१ रुपैयाँ २० पैसा पुगेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ११:३३