केपी ओलीका उम्मेदवार सोत्तर बनाउँदै एमाले विराटनगर विनोद समर्थकको कब्जामा
५ वैशाख, काठमाडौँ । नेकपा (एमाले)मा पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीको नाममा निरंकुशता लाद्नेहरू व्यापक छन । ओलीकै गृह प्रदेशमा त यो झन रोग बनिसकेको छ । गुण्डा र तस्कर बोकेर हिड्नेहरूले नै एमालेमा ओलीको नाममा पार्टी र जनसंगठनमा नियुक्ति दिँदै हिँडेका छन ।
पछिल्लो पटक बिहीबार एमालेको विराटनगर अधिवेशनमा ओलीले पर्शुराम बस्नेत मार्फत उठाएका उम्मेदवारहरू सोत्तर भएका छन । योसँगै ओलीले कोशी प्रदेशको अध्यक्षमा हराएका विनोद ढकालले आफ्नो भूगोलमा ओलीको नाममा जारी निरंकुशता अन्त्य गर्ने अभियानमा अर्को सफलता प्राप्त गरेका छन् ।

ओली समूहले उम्मेदवार बनाएको निवर्तमान अध्यक्ष रोहित कोइरालाको प्यानल नै सोत्तर भयो । विनोद ढकालले समूहको तर्फबाट उम्मेदवार बनेको बलराम गिरीको प्यानलनै विजयी भयो । कोइराला समूहका फिल्ड कमाण्डर पर्शुराम बस्नेत थिए । उनी कोशी प्रदेश कमिटीका सदस्य समेत हुन ।
अधिवेशनमा ढकाल समूहका गिरी १७३ मतसहित विजयी हुँदा कोइरालाले जम्मा १२१ मत प्राप्त गरे । यस्तो छ पदाधिकारीको मत विवरण ।
अध्यक्ष
१. बलराम गिरी : १७३
२. रोहित कोइराला : १२१
उपाध्यक्ष
१. राम पोखरेल : १३६
२. सुरज न्यौपाने : १४५
सचिव
१० नवराज काफ्ले : १०४
२० विज्ञान चापागाईं : १८३
उप-सचिव
१० चन्द्र शेखर विश्वास : ९८
२० हमिद आजाद :१७८
उप सचिव (महिला)
१० कला डाँगी : १११
२० हिमा मैनाली पोखरेल : १६९
प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार ११:०६