२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

सर्वसाधारणलाई कुमारी बैंकको सेयर बिक्रीमा

३१ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। यसअघि बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेका कारण सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 13, 2025 at 2:15 pm