२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

उत्तरगयामा सनातन तथा वौद्ध धर्मालम्वीहरुको भीड

२३ पुस, नुवाकोट । उत्तरगयामा सनातन तथा वौद्ध धर्मालम्वीहरुको मेला लागेको छ । राजधानीबाट करीब ८० किमी उतर नुवाकोट र रसुवामा पर्ने यस पुन्य भूमिमा मानिसहरुले आफ्ना दिवंगत पितृको सम्मान तथा श्रदास्वरुप श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । ऐतिहासिक, पौराणिक, धार्मिक, पर्यटकिय, साँस्कृतिक र जैविक महत्व बोकेको उतरगया–वेत्रावती धाममा हरेक वर्ष पौष कृष्ण ओंसी (गया ओंसी) का दिन मेला भर्न देशभरबाट आउने गरेको स्थानीय बासिन्दाहरुको भनाई छ ।

स्थानीय बासिन्दाका अनुसार गोसाइकुण्ड मुहान भै वग्ने त्रिशुल गंगा (त्रिशुली), रुद्र गंगा (फलाखु) र वेत्र गंगा संगम स्थल हो उतरगया । मानवीय आस्था, मनोभावना तथा जीवनसँग प्रत्यक्ष जोडिएको उतरगया क्षेत्र दक्षिण गयाको शिर मानिन्छ । पौराणिक कालमा समुन्द्र मन्थनबाट निस्केको कालकुट विष सेवनको प्रवाह हुँदा महादेव त्यसै स्थानमा विराजमान हुनु भएको इतिहास छ । तत्कालिन अवस्थामा महादेवले सो स्थानमा वेदको छडिबाट तत्पगंगा उत्पन्न गरि सान्त भएको कुरा हिमवत खण्ड पौरस्थ ग्रन्थमा उल्लेख भएको स्थानीय शिक्षक बासुदेव लामिछानेले बताए ।

मकवानपुर टिस्टुङ पालुङबाट आएका सूर्य लामा उनकै भाषामा मुहामलम (श्राद्ध) गरें । बौद्ध संस्कति अनुसार उतरगयालाई पनि वोध गयाको रुपमा अर्थाइएको भन्दै उनले भने, गयामा गएर ९ पटक श्राद्ध गर्न पर्ने हुन्छ तर आजकल मानिसहरुले समय अनूकुल १ देखि ३ पटकसम्म मात्र गरेको पाइन्छ । उनका अनुसार उतरगया वौद्धमार्गीले पनि गोसाइकुण्ड मुहान भै वग्ने त्रिशुली र भैरव कुण्ड भै वग्ने फलाखु र वेत्रगंगाको संगम भएकोले पुस्तौंदेखि यस स्थानमा आएर श्राद्ध गरेको लामाको भनाइ छ ।

श्राद्ध स्थलमा त्रिशुलीको किनारमा भेटिएका अर्का हेटौडाबाट आएका कष्णप्रसाद विडारी ६७ उतरगयामा गएर श्राद्ध गरेमा पितृ स्वर्गलोग जान पाउने विश्वासले आएको बताए । उनले उतरगया धाम जोगाउन पर्ने बताए । धादिङका रामकृष्ण लामिछाने ५९ ले पनि आफ्ना पितृको सम्झनामा श्राद्ध तथा पिण्ड सेलाएको बताए ।

विगत केही वर्षयता मध्यगंगा त्रिशुली जलविद्युत आयोजना निर्माण गर्न लागेकोमा रसुवाका कृष्णप्रसाद आचार्य ७६ले उत्तरगयमा त्रिशुलीको पानी सुकाउनेमा चिन्तित देखिन्थे । उनले यसरी उतरगयमा त्रिशुलीको पानी नुहँदा पौराणिक अस्तित्व संकट पर्ने मात्र नभई भावी पुस्ताको पूर्खाप्रतिको सोचमा फरक हुँदा समाजमा समस्या हुने तर्क गरें । अर्को स्थानिय उतरगया निवासी शंकरदास डंगोलका अनुसार, त्रिशुली जलविद्युत केन्द्र बन्नपूर्व विरोध भएपछि आयोजनाको मुहान डेढ किमी तल सारिएको थियो ।

वातावरणीय रुपमा प्रतिकूल असर पर्ने, धार्मिक आस्थामाथी चोट पुग्ने भन्दै स्थानिय बासिन्दाले विरोध गर्दै आएको बताइन्छ । उनीहरुका अनुसार सरकारले चाहेमा दक्षिण गयाको शिरको रुपमा बुझिने उतरगयाको धार्मिक पर्यटकीय रुपमा बढी फाइदा लिन सकिन्छ ।

उतरगया बचाउन हस्ताक्षर संकलन
गया ‌औंशीकै दिन स्थानीय बासिन्दाले जनप्रतिनिधिको उपस्थितिमा अर्न्तक्रिया तथा हस्तक्षर संकलन कार्यक्रम गरेका छन् । अर्न्तक्रिया कार्यक्रमा वोल्दै संघीय सभा सदस्य मोहन आचार्यले उतरगयाको पानी सुकाउँदा धार्मिक क्षेत्र नास नहुने मात्र नभई वातावरणीयरुपमा पनि प्रतिकूल असर पर्ने बताए ।

प्रदेशसभा सदस्य प्रेम तमाङले रसुवाले १५ सय मेगावटा जलविद्युत आयोजना निर्माण गर्न राज्यलाई सहयोग गरेको तर उतरगया धामको पानि सुकाउने गरि पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले विद्युत प्राधिकरणसँग पीपीए गरेको विरोध गरें । उतरगया गाँउपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले उतरगया क्षेत्रवरपर घाट पर्ने हुँदा लास जलाइसके पछि पानीको समस्या आउने देखिएकाले हामीले जलविद्युत केन्द्र निमार्णकोलागि सिफारिससमेत नदिएको बताए ।

उतरगया बचाउ संघर्ष समितिका संयोजक ओमप्रकाश घिमिरेले एकतर्फी रुपमा जलविद्युत आयोजना अगाडि बढाउन खोजिएको छ, समग्र सनातन धर्म तथा बौद्ध धर्मालम्वीप्रति आस्थाप्रति वलमिच्याइ जलिवद्युतका नाम संस्कार मास्ने खेल हुँदैछ त्यसप्रति विरोध गरेका थिए ।

उतरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशंकर डंगोलले उतरगया क्षेत्र बचाउन जलविदुत कम्पनीलाई आग्रह गरेको तर उनीहरु कुरा सुन्नै नचाएको बताए । यस वर्ष उतरगयामा श्राद्ध गर्न तीस हजार भक्तजना आएको बताएका छन् । उतरगया गाउँपालिका अनुसार यस वर्ष प्रदेश सरकारले १ करोड उतरगया क्षेत्र संरक्षणमा रकम छुट्ट्याएको छ । उतरगया क्षेत्र १८५९ मा ऐतिहासिक नेपाल तिव्वत र चीन सन्धि ‘वेत्रावतीसन्धि’ भएको स्थल मानिन्छ ।

प्रकाशित मिति : 08:33