७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

डेढ अर्बको बैंक घोटालामा गभर्नर डा चिरञ्जीवी नेपालकै मिलेमतो, किन हुन्न कारबाही ?


८ चैत, काठमाडौँ । डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालको समेत मिलेमतो रहेको खुलासा भएको छ । रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको आजको नयाँ पत्रिका दैनिकले खुलासा गरेको हो ।

गर्भनर डा. नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ । राजनीतिक दबाव र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेका खुलासा भएको छ ।

एनसीसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रुपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरुले देखाएको छ । यस घोटालासँग जोडिएर राष्ट्र बैंकले र्दुइवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रष्ट देखाएको छ । अब यसमा गभर्नर नेपाल माथि पनि छानविन गर्र्नपर्ने आवाज उठेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०७:४४