बजेटका लागि सबैले सुझाव दिन पाउने, यस्तो छ अर्थ मन्त्रालयको सूचना
२६ चैत, काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सबै नागरिकको समेत सुझाव लिने भएको छ । मन्त्रालयले मंगलबार एक सूचना जरी गर्दै बजेटमा सुझावका लागि आह्वान गरेको छ ।
मन्त्रालयले वैशाख मसान्तभित्र मन्त्रालयमा पुग्ने गरी सुझाव दिन सकिने जनाएको छ । सूचनामा विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत, तथा आम नागरिकमा बजेट र कार्यक्रममा सम्बन्धमा भएका सुझाव पाठाइदि अनुरोध गरिएको छ ।
सुझाव मन्त्रालयको वेबसाइटमा रहेको बजेट सुझाव मार्फत वा इमेलमार्फत पठाउन सकिनेछ ।
प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १२:१४