२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० चैत, काठमाडौं। घरेलु बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदीको भाउ २ हजार ३५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार ११:०३