१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दुई वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

१७ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

एनआइसी एशिया बैंकले १० वर्षे अवधिका लागि ७ प्रतिशत ब्याजदरमा ‘एनआइसी एशिया डिबेञ्चर’ नामक ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट  अनुमति पाएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ७ वर्षे अवधि र ७ प्रतिशतदरको ‘आरबीसीएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट  अनुमति पाएको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति : March 30, 2025 at 5:57 pm