२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

३२.३४ अंकले बढ्याे नेप्से, ७ अर्ब ५६ करोडको काराेबार

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा सुधार आएको छ । यस दिने नेप्से ३२.३४ अंकले बढेर २६९५.५५ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोडको सेयर कारोबार भएको छ ।

यसदिन १२ वटा उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १५:२२