१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025

राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने

१४ चैत, काठमाडौँ । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ । आज दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो ।

त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० मिनेटमा बस्ने गरी सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको थियो । विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि बैठक स्थगित भएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्ने गरी निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १७:५०