नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
१४ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३९५.५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।त्यस्तै, नेप्सेमा माउन्टेन इनर्जी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीहरुको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १७:२३