१७ चैत्र २०८१, आईतवार | Sun Mar 30 2025

कुलमान घिसिङको रिट दर्ता, शुक्रबार पेसी

१४ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गर्नुभएकाे छ ।आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै घिसिङले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उहाँको माग छ । घिसिङले प्रधानमन्‍त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरूद्ध रिट दायर बनाउनुभएकाे छ । यसको पेसी शुक्रबारका लागि तोकिएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार १३:३३