१७ चैत्र २०८१, आईतवार | Sun Mar 30 2025

सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा

१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा पुग्नुभएकाे छ । घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे हाे ।

घिसिङले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै अदालतमा रिट पेस गर्नुभएकाे छ । उहाँले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर रिट पेस गर्नुभएकाे हाे ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १७:४१