७ मंसिर २०८३, आइतबार | Mon Nov 23 2026

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनीविक २०२५’, ४५ सय बढी विद्यार्थी तथा युवाहरु लाभान्वित

https://www.muktinathbank.com.np/online/loan-application

१३ चैत, काठमाडाैं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ का अवसरमा बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

सातै प्रदेशका विभिन्न शाखाहरुले यस अभियानअन्तर्गत हप्ताभरीमा सञ्चालन गरेका ८० भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार ५ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट, दार्चुला जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

त्यसैगरी, यस बैंकले राष्ट्र बैंकको यस अभियानअन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनअनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामाग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : March 26, 2025 at 3:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/