१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

स्वेताकाे प्रेम सम्बन्ध यस्ताे रहेको छ …

२० पुस, काठमाडाैं । नायिका स्वेता खड्काकाे  चलचित्र बजारमा  प्रेममा रहेको चर्चा पनि चल्ने गरेको छ ।  चलचित्र बजारमा यस्ता हल्ला चल्नु कुनै नाैलाे कुरा हाेइन । अाफुलाइ  प्रेम र विवाह फेक कमिटमेन्ट जस्तो लाग्ने स्वेता बताउँछिन् ।  प्रेम र बिहेलाई झुटो आश्वासनको संज्ञा दिएकी  स्वेताले यसमा धेरै कुरा नगर्ने बताएकी  छिन् । उनले भनिन् बिहेको बिषयमा अहिलेसम्म केही पनि नसोचेको छैन ।

स्वेताले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छु । विगतमा कसैसँग सहकार्य गर्ने संझौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ । म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन । यो बिषयमा अहिलेसम्म सोचेकी छैन ।’

स्वेताले बिहेको बिषयमा आफूले नसोचेको र सिंगल जीवनमा नै खुशी रहेको स्पष्ट पारेकी छिन् । ‘साप्ताहिक’सँग कुरा गर्दै उनले प्रेम र बिहेको बारेमा धारणा राखेकी हुन् ।

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार १८:५६