१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

११ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट र मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस बापतको ३२ लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस बापतको १४ लाख २० हजार १०७.२९ कित्ता सेयर सूचीकृत भएको हो । मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत दरका ९ लाख ९० हजार कित्ता गरी कुल ५६ लाख ६५ हजार १०७ कित्ता सेयर सूचीकृत भएको हो

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १६:५७