सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
११ चैत, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन साेमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बजार बढेसँगै यस दिन हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।
आज कम्पनीको ३२ करोड ६९ लाख ७७ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, सिइडिबी होल्डिङको१५ करोड २९ लाख ६६ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्स कम्पनीकाे १२ करोड ९६ लाख २२ हजार रुपैंया, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १२ करोड ४४ लाख ८३ हजार रुपैयाँ, सिन्धु विकास बैंकको ११ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार १५:२१