प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से
२७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ६.५२ अंकले बढेर २८५७.७६ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ६४ स्टकको १४९ पटकको कारोबारमा ३३ लाख २९ हजार १९५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ३०५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 10, 2026 at 10:55 am









