सिटिजन्स बैंकको ३ लाख १८ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
११ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य जाे काेही व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएकाे ५४ हजार ८११.५७ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता सेयरको १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडाैंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार ०९:३१