सानिमा बैंकद्वारा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
१० चैत, काठमाडाैं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ‘ग्लोबल मनि वीक २०२५’ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरुमार्फत यस वर्षका लागि तय गरिएका “Think before you follow, wise money tomorrow” नारा लाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएकोे छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरुमार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।
प्रकाशित मिति : March 23, 2025 at 5:39 pm









