२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१० चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । उक्त दिन बजार ५३.०४ अंकले घटेर २६१६.२६ को विन्दुमा कायम भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ६ लाख ३४ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ९९ लाख ५३ हजार रुपैयाँ,नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड ८२ लाख ७२ हजार रुपैँया, युनाइटेड मोदी हाइड्रोपावरको २० करोड ४५ लाख १३ हजार रुपैयाँ, सिन्धु विकास बैंकको १९ करोड ४९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:19