१२ चैत्र २०८१, मंगलवार | Tue Mar 25 2025

नेपाल आयल निगमले बाेलायाे साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

८ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २९ गते ४३ औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा काठमाडौंको सिंहदरबारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(करसहित) दिने प्रस्ताव पारित हुनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु,लेखापरीक्षकको प्रतिवेदन र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार ०९:४०