११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

नेप्सेमा १ लाख ९५ हजार कित्ता एफपीओ सूचिकृत

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार स्वरोजगार लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सूचिकृत भएको हो ।

सूचीकृतपश्चात उक्त सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १६:३६