११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यस दिन  साना किसान विकास लघुवित्त, विन्ध्यावासनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र लक्ष्मी सनराइज बैंकको सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस बापतको ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, विन्ध्यावासनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.६० प्रतिशत बोनस वापतको ७ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको। साथै, नेप्सेमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस बापतको १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता गरी जम्मा १ करोड ७४ लाख ५४ हजार ५४.४०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् यी कम्पनीहरुको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १६:३०