१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

७ चैत, काडमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उहाँको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

ज्ञवालीको राजीनामा फागुन २८ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । मन्त्रिपरिषद्को फागुन २६ गते बसेको बैठकले विद्युत् नियमन आयोगको सदस्यमा नियुक्त गरेसँगै ज्ञवालीले बैंकको स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिनुभएकाे थियाे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १०:१४