स्वास्थ्य सचिवमा डा विकास देवकोटा
२२ फागुन, काठमाडौँ । स्वास्थ्य मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त हुनुभएको छ । बुधबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । दाङ स्थायी घर हुनुभएको उहाँ लोकसेवा आयोगको सिफारिसमा तीन नम्बरमा हुनुहुन्थ्यो ।
सचिवको प्रतिस्पर्धामा डा संगिता मिश्र र डा टंक बराकोटी पनि हुनुहुन्थ्यो । उहाँहरू क्रमश पहिलो र दोस्रो नम्बरमा सिफारिस हुनुभएको थियो ।
प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०९:०९












