एमालेको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे
१८ फागुन, काठमाडौँ । नेकपा (एमाले)को प्रचार तथा प्रकाशन विभागको सचिवमा सदस्य गणेश पाण्डे मनोनित हुनुभएको छ । एमाले सचिवालयको आइतबार बसेको बैठकले विभागको रिक्त सचिवमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

पाण्डे प्रेस चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्छ । प्रेस चौतारी नेपालको अध्यक्षको उम्मेदवारको रूपमा देश दौडाहामा रहनुभएको पाण्डेलाई विभागको सचिवमा मनोनित गरिएको हो । यसअघि गगन विष्ट राष्ट्रिय सूचना आयोगको सदस्यमा नियुक्त भएपछि उक्त पद खाली रहेको थियो ।
प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको सहयोगी निकट सहयोगी रहेका पाण्डेलाई सचिव बनाउनका लागि सचिवालयमा सिफारिस गरिएको थियो ।
प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १८:४२