गार्डियन माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेन्ज ?
२४ माघ, काठमाडौँ। नेपाल स्टक एक्जेन्ज (नेप्से)मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीकाे सर्वसाधारणको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
याेसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १००.३४ रुपैयाँदेखि ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि जीएमएलआइ संकेत प्रदान गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बाँडफाँट गरेको थियो । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।
प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार १९:४०