१८ फाल्गुन २०८१, आईतवार | Sun Mar 2 2025

बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएका छौँः प्रधानमन्त्री ओली

१८ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु मुक्त भएको बताउनुुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुुभयो, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’’

उहाँले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको सगौरव उल्लेख गर्नुभयो  ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १४:११