११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मार्च ८ मा एडिलेडमा होली, प्रवेश नि शुल्क तर यो नियम अनिवार्य

एडिलेड । रङहरुको पर्व होली अर्थात फागु पुर्णिमा यस पर्व पनि एडिलेड नेपालको आयोजनामा मार्च ८ मा `होली महोत्सव एडिलेड´ आयोजना हुने भएको छ ।

नेपाली संगित क्षेत्रका लोकप्रिय कलाकारहरु पशुपति शर्मा, एलिना चौहान, चक्र बम लगायतको उपस्थितिमा हुने आयोजक संस्था एडिलेड नेपालका अध्यक्ष कबिर पोखरेलले बताउनु भयो ।

एडिलेड नेपालले २०१८ देखी होली फेस्टिवल गर्दै आएको छ ।         ` फेस्टिवल स्टेट´ उपनाम पाएको साउथ अष्ट्रेलिया राज्यको म्यारियन काउन्सिलले एडिलेड नेपालद्वारा २०२४ आयोजित होली महोत्सवलाई ` इभेन्ट अफ दि एयर´ समेत घोषणा गरेको थियो । यस बर्ष पाच हजार भन्दा धेरैको उपस्थिति हुने आपेक्षा गरिएको एडिलेड नेपालका पुर्व अध्यक्ष पुष्कर कोईरालाले बताउनु भयो । बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली सहित गैर नेपालीहरुको समेत उपस्थिति र पर्वको महत्व बुझेर नै राज्य सरकार तथा काउन्सिलले समेत सहयोग गर्दै आएको पुर्व अध्यक्ष कोईरालाले बताउनु भयो ।

उहाले कार्यक्रमको महत्व दर्शाउदै नेपाली रीतिरिवाज र परम्परा लाई कायम राख्दै नयाँ पुस्ताहरु बीचमा पनि उजागर गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको बताउनुभयो 

कोइरालाले एकआपसमा रंग दलेर माया तथा सद्भाव साटासाट गर्नुका साथै कार्यक्रममा सांगतिक तथा सांस्कृतिक प्रस्तुति, व्यवसायिक स्टल साथमा विभिन्न खानाका परिकारहरु समेत रहने उल्लेख गर्दै कार्यक्रमको प्रवेश निःशुल्क रहेको जानकारी दिनु भयो । कार्यक्रम बिहान १ बजेबाट सुरु भएर साझ १०.०० बजेसम्म चल्नेछ ।

कार्यक्रममा आफ्नो व्यक्तिगत रुपमा रङ लिएर जान चाहि नपाईने भएको छ । अध्यक्ष पोखरेलले जुन पायो त्यहि रंगले छालामा असर गर्ने भएकाले काउन्सिलको परिक्षण र अनुमति अनुसारको कार्यक्रम स्थलमा नै बिक्रीका लागि राखिएको रंग मात्र प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाले यो अनिवार्य नियमलाई पालना गर्न सबैमा अनुरोध गर्नु भएको छ ।

प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो – फागु पुर्णिमा । हिन्दु धर्मग्रन्थमा अनुसार कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी थिइन होलिका । विष्णु पुराणमा उल्लेखीत कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । तर, उनका छोरा भक्त प्रल्हाद विष्णुका भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने षड्यन्त्र रचे ।

फाईल तस्वीर

छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे । होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई बचाए र होलिकालाई आगोमा डढाएर मारे । विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ । होलीको एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि विहान रंग एक अर्कामाथि दल्ने चलन छ । होली पर्वले वसन्त ऋतुको आगमनको समेत उद्घोष गर्दछ ।

प्रकाशित मिति : February 28, 2025 at 6:16 am