१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बिष्णु न्यौपाने उपाध्यायद्वारा लिखित ‘फर्केर हेर्दा’ गीती काव्यकाे लोकार्पण

१७ पुस, कमठमाडाैँ । बिष्णु न्यौपाने उपाध्याय द्वारा लिखित ‘फर्केर हेर्दा’ गीति काव्य काे एक समारोहकावीच लोकार्पण गरिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा आइतबार जमलस्थित एलोपगोडा होटलको सभाहलमा यथार्थ र अनुभूतिको सो काव्यकाे लोकार्पणकाे  गरिएको हो । कार्यक्रमका वक्ताहरूले पुस्तकको सवलपक्ष बारे चर्चा गरेका थिए । आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा प्रवासबाट देश फर्कँदै तत्कालिन मशाल हुँदै जनयुद्ध र यहाँसम्मको यात्रा संस्मरणको रूपमा पुस्तक केन्द्रित रहेको लेखकले बताइन । उनले काव्य देशको परस्थितिले जन्माएको कथा भएकाे समेत बताइन ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गजुरेलले आजभोली श्रष्ट्राहरू नकारात्मक भावनामा बढी केन्द्रित हुने गरेको बताए । फर्केर हेर्दा गीती काव्य  क्रान्तिको भावबाट आएको उनको बताए  । क्रान्तिमा बलिदान र यातना हुन्छ भन्ने कुरालाई स्वीकार गरेकोले गीती काव्य उत्कृष्ट भएकाे बताए । 

अर्का वक्ता मार्क्सवादी समालोचक प्रा.डा. जगदिशचन्द्र भण्डारीले पुस्तकमा पाठकको रूची समावेश भएको टिप्पणी गरे । उनले यस पुस्तकमा व्यक्तिगत जीवन केन्द्रमा छैन नभएकाे र बिष्णु र हरिकृष्णको पात्रबाट सामाजिक जीवनलाई नियाल्ने प्रयत्न भएको बताए । पुस्तक जनमनमा बस्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।  भण्डारीले टिप्पणी गर्दै पुस्तकले डरलाग्दो र भयावह कथा बोकेको बताए । वर्ग संघर्षको नेतृत्वकर्ता कहाँसम्म आइपुग्यो भन्ने संकेत यस पुस्तकले दिएको उनको कथन थियो । सोकार्यक्रममा लेखकका श्रीमान् हरिकृष्णले विगतलाई फर्केर हेर्न आफुलाई खासै रूची नभएको बताए । उनले भने, यो किताब राजनैतिक परिदृश्य, सामाजिक परिवेश र परिवारिक दृष्टिकोणबाट अझपनि अपुरो छ । तर, लेखिकाको प्रयास भने सह्राननीय भएको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष नैनकला थापा, प्रगतिशील लेखक संघका उपाध्यक्ष विन्दु, पूर्व माओवादी तथा लेखकको तात्कालिन विबाहको साक्षी लक्ष्मी श्रेष्ठ लगायतले बोलेका थिए । २०४६ साल पुस १५ गते पार्टीकै निर्णय अनुसार वैवाहिक जीवनमा बाँधिएको ३० औँ बर्षगाठको अवसरमा पुस्तक लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १५:०७