पर्वत केन्द्रबिन्दु भएर भूकम्प
११ माघ, काठमाडौँ । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प पर्वतसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार २०:४८